sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सेबोनको अध्यक्ष को बन्ला ?

सोही समितिले सेबोन अध्यक्षका लागि आज ५ बजेसम्म अध्यक्षमा आवेदन परेका मध्ये ३ जनाको नाम छनोट गरी सरकार समक्ष सिफारिस गर्नेछ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणमा मुछिएका भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा दरखास्त पेस गर्ने आज कात्तिक २५ गते सम्म अन्तिम दिन तोकिएको छ।

सरकारले अध्यक्ष पदका लागि गत कात्तिक ११ गते आवेदन खुलाएको थियो। अर्थ मन्त्रालयले नयाँ अध्यक्ष चयनका लागि अर्थ सचिव मधु मरासिनी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल,प्रा.डा. नारायणप्रसाद पौडेल सम्मिलित तीन सदस्यीय समिति बनाएको छ।

सोही समितिले सेबोन अध्यक्षका लागि आज ५ बजेसम्म अध्यक्षमा आवेदन परेका मध्ये ३ जनाको नाम छनोट गरी सरकार समक्ष सिफारिस गर्नेछ। सरकारले ती तीन जना मध्येबाट एक जनालाई सेबोनको अध्यक्षमा नियुक्ति गर्नेछ।

अर्थ मन्त्रालय स्रोत अनुसार हिजोसम्म अध्यक्ष पदका लागि ३ जनाको आवेदन परेको बताइएको छ। तीमध्ये २ जना सेबोन भित्रकै दोस्रा र तेस्रा अनुभवी र सक्षम कर्मचारी छन्।

अध्यक्ष पदका लागि सेबोनभित्रबाट कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका छन्। डा. अधिकारीले यस अघि पनि सेबोन अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए। त्यतिबेला ढुंगानालाई सरकारले सेबोनको अध्यक्ष नियुक्त गरेको थियो।

अर्थ मन्त्रालयको स्रोतका अनुसार गिरी र डा.अधिकारीसँगै अनिलराज पौडेलको आवेदन परेको छ। आवेदन दिने म्याद आज ५ बजे सम्म रहेकाले त्यो बेलासम्म आकांक्षीहरु थपिन सक्छन।

पुँजीबजारलाई लामो समयदेखि बुझेका कार्यकारी निर्देशक गिरी र नायव कार्यकारी निर्देशक डा.अधिकारी दुवै सेबोन हाँक्न सक्ने सक्षम व्यक्ति रहेको बजार विश्लेषक र जानकारहरु बताउँछ। सेबोन अध्यक्ष पदमा सक्षम व्यक्तिमात्रै नभएर राजनीतिक पहुँच भएको र शीतल कूटनीतिक व्यक्ति पनि आवश्यक पर्दछ।

ब्रोकर हाउसदेखि साना तथा ठूला लगानीकर्ता, राजनीतिक दलका कार्यकर्ताको पनि आ–आफ्नै स्वार्थ र विचारले पुँजीबजारको नेतृत्वमा आउनका लागि केही न केही भूमिका अवश्य खेलेको हुन्छ।

सेबोनमा आउने नयाँ अध्यक्ष समक्ष पुँजीबजारसँग सम्बन्धित समस्या निराकरणको चुनौती थपिनेछ। हाल पुँजीबजारमा ब्रोकर संख्या थप्नुपर्ने तथा बजार विस्तार गर्नुपर्ने बाध्यता छ।

अर्कोतर्फ कमोडिटिज मार्केटको स्थापना, साना तथा मझौला कम्पनीको नेप्से परिसूचकमा वर्गीकरण, ब्रोकरहरुलाई एपीआई पोलिसी दिने काम र सेयर ब्रोकरकै नयाँ लाइसेन्सको वितरण गर्नुपर्ने काम चुनौतीपुर्ण छन्।

पुँजीबजारको विकास र विस्तारसँगै आमूल परिवर्तन गर्नुपर्ने जिम्मेवारीका साथ सेबोनमा अध्यक्ष भएर आउनेका लागि आन्तरिक तथा बाह्य परिस्थिति मिलाउनु र सरकारसँग पनि समन्वय गरेर काम निकै चुनौतीपुर्ण छ ।

पुँजीबजारमा समस्या नै समस्याको थुप्रो रहेको अवस्थामा आउन लागेका नयाँ अध्यक्षका लागि खुमलटारको ढोका खोल्नुभन्दा पहिले त सिंहदरबारकै गेट खोल्नुपर्ने बाध्यता देखिन्छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र अर्थ मन्त्री जनार्दन शर्माको विश्वास जित्न नसक्नेले सेबोनको अध्यक्ष पाउन सक्ने अवस्था छैन।

सेबोनका कार्यकारी निर्देशक गिरी अध्यक्षका लागि अहिले सबै भन्दा सक्षम,योग्य,अनुभवी र स्वभाविक हकदार हुन। सेबोनमा २८ वर्षदेखि काम गर्दै आएका उनले जति पुँजीबजार, सेयर बजार, नेप्से, दलाल कम्पनी,क्यापिटल्स मार्केट कम्पनी, सेयर बजारका खेलाडी, लगानीकर्ताको भावना बुझ्ने व्यक्ति नेपालमा कोही छैनन्। उ

नी छिटो सही निर्णय गर्ने क्षमता राख्छन। सेबोनको कार्य सम्पादन र सेवा छिटो,छरितो र प्रभावकारी हुनु पर्दछ भन्ने मान्यता पनि राख्छन।

सुदुर पश्चिम प्रदेशका स्थायी बासिन्दा उनलाई प्रधानमन्त्री शेर बहादुर देउवाको साथ र समर्थन हुने देखिन्छ। यसमा उनले मन्त्री शर्माको मन जित्न सकेभने सेबोनको अध्यक्ष गिरी नै बन्न सक्ने प्रवल सम्भावना रहेको छ।

पुँजीबजारमा ४६ लाख १८ हजार भन्दा बढी डिम्याट खाता खुलेको अवस्थामा आउँदै गरेको आमचुनाव र त्यसलाई प्रभाव पार्ने जनमतको पनि अहिलेको राजनीतिक शक्तिहरुले पक्कै पनि नजरअन्दाज गरेका छैनन्।

त्यसो त बर्खास्तीमा परेका ढुंगानाले पनि आफू सर्वोच्च अदालत जाने बताइरहेको अवस्थामै नयाँ नियुक्त भएर जानेलाई ढुक्कसँग काम गर्ने वातावरण के–कति सहज हुन्छ, त्यो पनि सोचनीय नै छ। अब इमानदारका साथै भिजनरी व्यक्तिले सेबोनको नेतृत्व गर्नुपर्छ।

prabhu bank
nawakantipur long