stcnepal long ad
ime life insurance
global ime bank long

बारामा नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी, बैंकका ४ कर्मचारी पनि पक्राउ !

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अर्काको जग्गाको नक्कली धनीपुर्जा बनाइ सरकारी लिखत कीर्ते सम्बन्धी कसूर गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धानका लागि केही दिन अघि ५ जनालाई पक्राउ गरेको छ । गायक योगेश्वर अमात्यको बाराको १२ विगाहा जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ ।

कलाकार अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंक लि।को पर्सा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए ।

भूमाफिया र भष्ट कर्मचारीको मिलेमतोमा अर्काको जग्गाको नक्कली लालपुर्जा बनाइ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ। चर्चित गायकको नामको जग्गाको नक्कली लालपूर्जा बनाएर गिरोहले १९ करोडको कर्जा कुमारी बैंकको न्यूरोड शाखाबाट रकम झिकेको पाइएको छ ।

त्यसरी ठगी धन्दा चलाउने व्यक्ति
बैंककै कर्मचारी भएको प्रहरीको दावी रहेको छ। गायक योगेश्वर अमात्यले प्रहरीमा उजुरी हालेपछि बैंकका कर्मचारी सहित चार जना पक्राउ परेका छन्। यसमा भ्यालुएसन गर्ने एक इञ्जिनियरलाई पनि पक्राउ गरिएका छन। उनले जग्गा धनी र बैंकका कर्मचारी बारे प्रहरीलाई जानकारी दिएका छन।

पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एस कुमार महर्जन रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को घेरामा रहेका उनीहरुमध्ये तीन जनालाई केही दिनअघि काठमाडौंबाट पक्राउ गरिएको थियो भने चौरसियालाई मंगलबार पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार गायक अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको पाइएको छ । कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुर सहितको मिलेमतोमा ठगी धन्दा भएको फेला परेको छ ।

गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीको नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालिएको प्रमाण भेटिएको छ ।

जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । नक्कली कागजात बनाउन सफल भएपछि ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालमा पत्राचार गरिएको भेटिएको छ भने केन्द्रीय बैंकले पनि सजिलै ऋण स्वीकृत गरिदिएको पनि अनुसन्धानमा प्रमाण फेला पारिएको छ।

आफूलाई थाहै नपाई भित्रभित्रै यस्तो ठगी धन्दा चलेको थाहा पाएपछि गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको भन्दै एक महिनाअघि प्रहरीमा उजुरी दिएका थिए ।

त्यसपछि सीआईबीले यसबारे अनुसन्धान सुरू गरेको थियो। प्रहरीसँगको बयानमा नक्कली जग्गा धनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् । उनीहरुले ‘ आफूहरुलाई डुबाएको’ बताएका छन् ।

prabhu mahalaxmi
kumari