stcnepal long ad
ime life insurance
national life
global ime bank long

UNMISS, South Sudan मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शूरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ ।
सोही क्रममा २०७८ कार्तिक २३ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS) मा तैनाथ श्री गोरख बहादुर गण (शा.से.) सातौं डफ्फालाई बदली गर्नको लागि श्री चन्दननाथ गण (शा.से.) आठौं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट मंगलबार २१२० बजे मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराएको छ ।

 

 

IME Lifesidebar
kumari