सेयर बजारमा ४६ लाख १८ हजार लगानीकर्ता

काठमाडौं । सेयर बजारमा नेपाली लगानीकर्ताको आकर्षण बढदैछ। अहिले ४६ लाख भन्दा बढी सेयर लगानीकर्ताहरू रहेका छन् । डिम्याट खाता खोल्ने र ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि बढेको छ। आईपीओ भर्न र सेयर कारोबार गर्न डिम्याट खाता र मेरो सेयर आवश्यक पर्छ। सोही कारण पनि पछिल्लो समय डिम्याट खाता खोल्ने र मेरो सेयर लिनेको संख्या धेरै बढेका छन।
सीडीएससीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४६ लाख बढी पुगेको छ। सीडीएससीको तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ ।
हालसम्म डिम्याट खातामा रहेको सेयरको संख्या ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६ सय ४ पुगेको छ। सीडीएससीका अनुसार मेरो सेयर प्रयोगकर्ता पनि बढेका छन्। अहिलेसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको बताइएको छ।