आँधिखोला लघुवित्तले बढायो नाफा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४१.४४ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ६६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १८.३० प्रतिशत र ५.५३ प्रतिशत ले बढेको छ ।
गत वर्ष १ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको आँधिखोलाले यो त्रैमासमा बढाएर १ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ९१ लाख रुपैयाँबाट बढाएर ९६ लाख रुपैयाँ पुर्याएको छ ।
असोज मसान्तसम्म ३९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ करोड ८७ लाख रहेको छ ।
कम्पनीको खराब कर्जा ४.७८ प्रतिशत रहेको छ । गत वर्ष यसको खराब कर्जा ४.८७ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ७९ पैसा छ ।