भृकुटीमण्डपमा कात्तिक २६ गतेदेखि जुत्ता मेला हुने
काठमाडौं । स्वदेशी जुत्ता चप्पलको प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन अफ नेपाल (एफम्यान)ले जुत्ता मेला गर्ने भएको छ । एसोसियसनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा मेला संयोजक तथा एसोसियसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले स्वदेशी उत्पादनको प्रवर्द्धन, विकास र विस्तारमा सहयोग गर्न मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
वार्षिक ५० अर्ब बढीको कारोबार हुने जुत्ताको कच्चा पदार्थ भने बाहिरबाटै आयात हुने गरेको छ । ५० लाख बढि लगानी हुने मेलामा २ करोडको कारोबार हुने र २० हजार बढीले अवलोकन गर्ने संघको दाबी छ । मेलामा विभिन्न ३० कम्पनीका ६० स्टल रहने छन् ।