citizens life insurance long ad
stcnepal long ad

तीन देशमा राजदुत सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज कार्तिक ११ गते अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

डा. शर्मा अर्थविद हुन। यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र अमेरिकाको राजदुत भैसकेका छन। खत्री त्रिभुवन विश्व विधालयका प्राध्यापक तथा कुटनैतिक जानकार हुन। आचार्य पुर्व परराष्ट्र सचिव,संयुक्त राष्ट्रसंघ न्युयोर्कका पुर्व स्थायी प्रतिनिधि हुन।

शेर बहादुर देउवा सरकारले यस पटक भने अत्यन्तै योग्य,सक्षम,काविल कुटनैतिक जानकार व्यक्तिलाई तीन महत्वपुर्ण देशमा राजदुतमा सिफारिस गरेर राम्रो निर्णय गरेको छ।

यसैबीच बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा उप–महालेखापरीक्षकमा नायव महालेखापरीक्षक महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत मंगलबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बढुवाका लागि क्रमशस् काफ्ले, अधिकारी र बिन्दु बिष्ट गरेर तीन जनाको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका काफ्ले र दोस्रो नम्बरमा सिफारिस भएका अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन । यसअघि एक जनालाई कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बिशिष्ट श्रेणीमा बढुवा गर्दा तीन जनाको नाम सिफारिस हुने गरिएको थियो ।

तर, यसपटक भने अरु नायब महालेखापरीक्षकको बढुवा सिफारिसका लागि योग्यता पुगि नसकेकाले दुई जना बढुवा गर्दा पनि तीन जना नायब महालेखापरीक्षकको नाम मात्रै सिफारिस भएको हो ।

उप–महालेखापरीक्षक बाबुराम गौतम र ईश्वर नेपालले कात्तिक ५ गते नै अनिवार्य अवकाश पाएपछि एक सातादेखि दुई उप–महालेखापरीक्षकको पद रिक्त रहेको थियो ।

सरकारले बाढीपहिरो र डुबानबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनामा परेर बेपत्ता भएका व्यक्तिका प्रतिपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुइ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय यसअघि नै गरिसकेको छ ।

IME Life
kumari