sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल टेलिकम र इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा आइफोन खरिदकर्ताहरुलाई नेपाल टेलिकमको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता-Apple Authorised Reseller_ इभोलुसन ट्रेडिङ प्रा.लि. (Evo Store) को सहकार्यमा एप्पलको मोबाइल आइफोन खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रा.लि.का निर्देशक तरुण बज्राचार्यले कार्तिक १० गते हस्ताक्षर गरेका छन् ।

उल्लेखित सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरु मार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रति महिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुने सम्झाैता भएकाे नेपाल टेलिकमले जनाएकाे छ ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइने छ ।

क्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर मार्फत निःशुल्क उपलब्ध गराउने जनाएकाे छ ।

यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ ।

एप्पलकाे नयाँ भर्सन आइफोन १३ प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको जनाइएकाे छ ।

 

prabhu bank
nawakantipur long