citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

पेसागत महासङ्घले नेपालको अपिल

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

काठमाडौ । चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोनाभाइरस (COVID-19)  विश्वका विभिन्न देशहरुमा फैलिने क्रममा छ । विश्वमा हालसम्म उक्त भाइरसवाट २ लाख ७ हजार भन्दा वढी मानिसलाइ संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र पोजिटिव देखिएको र निजले समेत स्वास्थ्य लाभ गरि सकेको र सो वाहेक हालसम्म कसैलाई पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारले समयमा नै देखाएको सजगता र आम नेपाली जनताका सामूहिक सतर्कताका कारणले विश्व भरी महामारिको रुपमा फैलिएको कोरोना भाइरस पूर्ण नियन्त्रण गर्न सफल एक मात्र देश नेपाल हुन गएको छ ।
यति हुँदाहुँदै पनि विश्वका शक्ति राष्ट्रहरुलाई समेत नराम्ररी पिरोली रहेको यस महामारीवाट वच्न अझै धेरै सजगता, संयम र सामूहिक प्रयासको आवश्यकता अझै रहि रहेको छ । यस सन्दर्भमा नोबेल कोरोना भाइरस सम्वन्धमा विभिन्न सञ्चार माध्यमका समाचार र यस सम्वन्धमा यथार्थ जानकारीको अभावका कारण आम जनमानसमा त्रास फैलिनु स्वभाविक छ ।

यस त्रासदीपूर्ण अवस्थाको गलत फाइदा उठाउदै दैनिक उपभोग्य लगायतका सामाग्रीहरुको कृतिम अभाब सृजना गरी कालोवजारी गर्ने र देश र जनता शंकटमा परेको मौका छोपी सो वाट फाईदा उठाउँदै अनुचित मुनाफा आर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनका लागि पेसागत महासङ्घले नेपाल नेपाल सरकार सँग अनुरोध गरेको छ ।

साथै यस त्रासदीपूर्ण अवस्थामा सरकारवाट जारी हुने निर्देशन तथा उपायहरुको पालना र उपयोग गर्दै आफू सुरक्षित रहने र सम्वद्ध सवै सँग हातेमालो गरी यस महामारीलाई देश भित्र भित्रन नदिने र भित्रिहाले पनि समूचित सहयोगको व्यवस्था मिलाउन सवै राष्ट्रिय संघ, प्रतिष्ठान तथा महासङ्घ सम्वद्ध सदस्यहरुमा आह्वान गरेको छ ।

साथै कोरोना भाइरस फैलिएका देशहरुमा काम गर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको बिषयमा कुटनीतिक माध्यमबाट पहलगरी उपयुक्त कदम चाल्नका लागि नेपाल सरकारसँग अनुरोध अनुरोध गरेको छ । आफ्नो कार्य क्षेत्रमा रहेका श्रमिक पेसाकर्मीहरुलाई उच्च सतर्कताका साथ काम गर्न तथा अवस्थामा सुधार नआउँदासम्म राष्ट्रिय स्तरका ट्रेड युनियन संङ्घ संगठनहरुलाई ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर वाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन अनुरोध गरेको छ ।

gold
himalayan life insurance long ad