सेलपे सेवाबाट कुनैपनि कारोबार गर्दा नयाँ ‘सामसङ ग्यालेक्सी एस२०’ जित्ने मौका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौँ । सेलकम प्रा.लि.को सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस २० अफर’ सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाउने छन् । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोबार रिचार्ज, युटिलिटी पेमेन्ट, पी२पी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी ) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउने छन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ । सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस २० जित्ने मौका पाउने छन् । यसका साथै ७ जना भाग्यशाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एड्रेस लउञ्ज र एक्स–एजबाट विभिन्न उपहारहरु पाउने छन् ।

नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ, जस्मा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पश्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पी२पी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) को कारोबार गरी यस योजनामा सहभागी हुन पाउने छन् । सेलपे द्वारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी र बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।

IME Lifesidebar
kumari