citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६

भक्तपुर  मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ हात्तीगौंडा बस्ने गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad