stcnepal long ad
ime life insurance
national life
global ime bank long

थापालाई पशुपतिनाथको पाप लाग्ने

शिवलिंगमा सुनको जलहरी लगाउने क्रममा ११ केजी सुन घोटला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आराध्यादेव पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी लगाउने क्रममा ११ केजी सुन घोटला गरिएको छ । यो अनियमितताको रहस्य खुलेपछि पशुपति क्षेत्र विकास कोषका निवर्तमान सदस्य सचिव डा. प्रदिप ढकाल, तात्कालिक कोषाध्यक्ष डा. मिलन कुमार थापा लगायत संलग्न अधिकारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष नाटकीय ढंगले बयान परिवर्तन गरेका छन् । सँगै यो प्रकरणबाट चोखिन अनेक षड्यन्त्र रच्न थालेका छन।

२०७७ फागुन ११ गते राति ८ बजे जलाहरी निर्माण सम्पन्न भएलगत्तै मुचुल्का तयार हुँदा ९६ किलो ८०० ग्राम सुन मात्र प्रयोग भएको बकाइदा उल्लेख भएकोमा ११ किलो बढी प्रयोग भएको कागजात र बिल तयार गरि अनियमितता गरेका थिए ।

मुचुल्कामा यस्तो उल्लेख भएपछि उतिबेलै जलाहरी बनाएर बाँकी रहेको करिब ११ किलो सुन के भयो भनेर कोषभित्र चासो सुरु भएको थियो ।

कोष स्रुत्रका अनुसार पाँच जना सञ्चालक समिति सदस्यले बाँकी ११ केजी सुनबारे चासो राख्दै ‘यदि सबै सुन प्रयोग भएको हो भने कहिले कहाँ भयो रु छैन भने त्यो सुन कहाँ छ रु के यसबारे पाँचजना बोर्ड सदस्यको अनुपस्थितिमै छलफल र निर्णय भएको हो रु’ भनेर अनौपचारिक रुपमा जिज्ञासा राखेका थिए ।

पाँच बोर्ड सदस्यले कोषाध्यक्षसँग लिखित रुपमा यथार्थ हिसावकिताव र दाताको नामावली माग्दै नौ बुँदामा बाँकी सुनको हिसाव किताब मागेपछि कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन सदस्य–सचिव डा। प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष (हाल सदस्य सचिव) मिलनकुमार थापाले कुनै जवाफ नदिई तर्केर हिँडेका थिए।

११ केजी सुनबारे हिजो मौन पदाधिकारीले अहिले भने नाटकीय ढंगले बयान फेरेका छन् । भ्रष्टाचारमा जाकिने भएपछि उनीहरूले हिजो कहीँ कतै उल्लेख नगरिएको ११ केजी सुनबाट शिव लिंगका लागि रिङ र २ वटा पेटी बनाएको अख्तियारमा बयान दिएर अहिले अनियमितता गरेको रकम ओकल्दै त्यहाँ ती सुनका रिङ र पेटी बजाउन थालेको स्रोतले बताएको छ ।

तथापि उनीहरूले भनेजस्तो ११ केजी सुनको रिङ र पेटी बनाउने निर्णय कोषबाट कहीकतै भएको छैन । कहाँको निर्णय र कसको स्वीकृतिमा जलाहरी बनाएर बाँकी रहेको ११ किलो सुन रिङ्ग र पेटी बनाएर पशुपति नाथको लिङ्गमा प्रयोग भयो भनेर नाटक गरिदैछ ।

विना निर्णय त्यसरी प्रयोग गर्न पाइदैन। उब्रिएको सुन कोषमा मौजाद आम्दानी बाधी पछि बोर्डको निर्णय अनुसार फिर्ता गर्ने वा अरू ठाउँमा प्रयोग गर्न सक्थ्यो। पहिले सबै कुरा गोलमटोल र गुपचुप राखेर पचाउन खोज्ने, अहिले मुद्दा चर्किएपछि पेटी र रिङ्मा प्रयोग भयो भन्ने रु यो सरासर झूट हो ।

बयान परिवर्तन गरेका कोषका पदाधिकारीले अहिले माइनुट नै रातारात केरमेट गरेर मसिनो अक्षर थपथाप गरेर भ्रष्टाचार र अनियमित कार्य लुकाउने प्रयास गरेको बताइएको छ ।

अख्तियारमा अप्ठेरो पर्दै गएपछि कोषको माइन्युटमा मसिना अक्षरले थपथाप र केरमेट गरेर ११ केजी सुनको रिङ र पेटी बनाएको शब्द घुसाइएको अख्तियार स्रोतले बतायो ।

सुनको जलहरी काण्डमा ११ किलो सुन गायब पारिएको पुष्टि भएपछि रातारात कोषको माइन्युट सच्याएर जोगिने प्रयास गरिएको छ।

गायब पारिएको सुन प्रकरणबाट जोगिन संलग्न अधिकारीले अनेक षड्यन्त्र र जालसाजी गर्न थालेपछि बोर्डका सबै सदस्यहरूसँग वास्तविकता बुझ्न अख्तियारले कोषको माइन्युट समेत तत्काल कब्जा गरेर बयान लिनुपर्ने माग उठेको छ ।

अख्तियारले तत्कालीन सदस्य सचिव, कार्यकारी निर्देशक, हालका सदस्य सचिवलगायतसँग बयान लिए पनि बोर्डका सदस्यसँग लिएको छैन,लिनुपर्छ ।

IME Lifesidebar
kumari