stcnepal long ad
nabil bank
macchha(MBL)

बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले सात मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेकी छन्।

विस्तारित मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी डा.अजय क्रान्ति शाक्यलाई दिइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रदीपकुमार कटुवाल क्षेत्रीलाई दिइएको छ। चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री शाक्यले जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री नियुक्त गरेकी छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले बुधबार नै सपथ लिएका छन्।

No description available.

prabhu mahalaxmi
kumari