sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

असोज १ गतेबाट सहुलियत पसल खुल्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । दशैं, तिहार र छठपर्व जस्ता ठूला चाडपर्वलाई लक्षित गरी सहुलियत पसल यही २०७८ असोज १ गतेदेखि सञ्चालनमा ल्याइने तयारी भैरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहुलियत पसल असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

मुख्यसचिव डा. शंकरदास बैरागीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउन सहुलियत पसल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

विगतमा ठूला चाडपर्वका बेला उपभोक्ताको सहजताका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लि. र खाध्य व्यवस्था तथा व्यापार कम्पनि लि. ले सहुलियत पसल काठमाडौं उपत्यका विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आएका थिए ।

बैठकले छठ सकिएको एक सातासम्म त्यस्ता सहुलियत पसल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

gold
kumari bank
nawakantipur long