citizens life insurance long ad
stcnepal long ad

तुलसी गौतमले फेरि सम्हाले कर्मचारी सञ्चयकोष

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले आज पुनः कार्यभार सम्हालेका छन् । कोषका प्रशासक गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत बिहीबार अल्पकालिन आदेश दिएपछि आजबाट पुनः कार्यभार सम्हालेका छन् ।

मन्त्रिपरिषदको अघिल्लो साता सोमबार बसेको बैठकले उनलाई कालकाल नसकिँदै अवकाश दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत गएका गौतमको पक्षमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी दिएको थियो ।

गौतमले भनेः आफू कुनै राजनीतिक आस्थाका आधारमा नभई खुल्ला प्रतिस्पर्धाबाट आएको र इमान्दारितापूर्वक कोषलाई सुधार गर्न कार्यरत रहँदाको अवस्थामा विना कारण अवकाश दिएर अपमान गरेको अनुभव भएकाले न्यायका लागि अदालत जानु परेको बताएका छन् ।

सरकारी सेवामा रहँदा विभिन्न निकायमा रहेर राम्रो कार्यक्षमता प्रस्तुत गरेको दावी गर्दै आएका गौतमले कोषमा आएपछि पनि यसको सुधारका लागि राम्रो काम गरेको दावी गरेका छन् ।

तर जिल्लाका हजारौं कर्मचारीको सञ्चयकोष कट्टा रकमको इन्ट्रि महिनौं सम्म नहुने गरेको छ। हजारौं सञ्चयकर्ताको करोडौं रकम हिनामिना र गोलमाल हुन पुगेको छ।

त्यसका लागि ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्न गौतमले कुनै पहल गरेका छैनन्। उत्कृष्ट कार्यक्षमताको मूल्यांकन गर्दै अर्थ मन्त्रालयले उनलाई नगद सहित पुरस्कृत गरेको भएपनि कोषको रकम सञ्चयकर्ताको खातामा समयमै इन्ट्रि गर्न प्रशासकले खासै चासो दिएको पाइदैन ।

IME Life
kumari