stcnepal long ad
global ime bank long

पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ४२ लाख ६८ लाख ३५२ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्ने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ १८ गतेसम्म ४२ लाख ६८ लाख ३५२ जनाले डिम्याट खाता खोलेका छन् ।

२०७७ भदौ १६ गतेसम्ममा डिम्याट खाता खोल्नेको संख्या १८ लाख ५२ हजार ६९६ थियो । यसरी हेर्दा १ वर्षको अवधिमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या २४ लाख १६ हजारभन्दा बढी छ ।

एक जनाले २ वटासम्म डिम्याट खाता सञ्चालन पाउने व्यवस्था छ । सीआस्वा सेवा दिने कम्पनीको संख्या ६५ पुगेको छ ।

यसैगरी, ८० संस्थाहरुले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । अहिलेसम्म ७ अर्ब ३२ करोड भन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ । ५१ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् ।

IME Lifesidebar
kumari