stcnepal long ad
global ime bank long

विगत चार दिनदेखि उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि उस्तै फोहोर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विगत चार दिनदेखि फोहोर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन ।

विगत अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थालिए पनि कलङ्की, कालीमाटी, खसीबजार लगायत अन्य ठाउँमा समेत सडक किनारामा फोहरको डङ्गुर उस्तै नै छ ।

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।

लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहेको पनि महानगरपालिकाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

IME Lifesidebar
kumari