stcnepal long ad
global ime bank long

नेपालभाषा शिक्षण तालिम समापनसँगै सचित्र शब्द पुस्तिका विमोचन

गैर नेवार समुदायले पनि नेपाल भाषाको संरक्षणमा योगदान गर्न सक्छन् –प्रमुख शाक्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आधारभूत तहको नेपालभाषा प्रशिक्षण सहायकहरुको शिक्षण तालिम आज समापन भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबूको प्राविधिक सहयोगमा गएको भदौ १३ गते सुरु भएको तालिम आज समापन भएको हो ।

तालिम समापन अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहरी योजना आयोगले नेपाल, नेपाली र अंग्रेजी गरी ३ वटा भाषामा तयार पारेको शब्द चित्र पुस्तिकाहरु सार्वजनिक गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले, नगरको संस्कृति, सम्पदा र भाषा बचाउनका लागि महानगरले नेपालभाषाको माध्यमबाट स्थानीय विषयको पाठ्यक्रम पढाउने निर्णय गरेको बताउनुभयो ।

अहिले महानगरकै बाटोलाई पछ््याउँदै उपत्यकाका अन्य नगरपालिकाहरूले पनि नेपालभाषाका माध्यमबाट स्थानीय विषयको पठनपाठन गर्न थालेका छन् । यो सकारात्मक विस्तार हो । शाक्यको भनाइ थियो । ं

नेपालभाषाको पठनपाठनलाई सहयोग पु¥याउनको लागि सहयोगी सामग्रीका रुपमा सचित्र शब्द पुस्तिका प्रकाशन गरिएको हो । नेपाल भाषाको पुस्तान्तरणका लागि आफ्ना प्रयासका बारेमा कुरा गर्दै प्रमुख शाक्यले, यसप्रकार सामाग्री नियमित प्रकाशन हुने बताउनुभयो ।

हाम्रा पालामा नेपाल भाषाको पठनपाठन सुरु भयो । यो बन्द नहुने कार्यक्रम हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, यो राजनीतिभन्दा माथिको साझा विषय भएको चर्चा गर्नुभयो ।

त्यस्तै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भाषामार्फत परम्परा, कला, साहित्य र सिर्जना पुस्तान्तरण गर्न र जिज्ञासुलाई पाठ््य सामाग्री उपलब्ध गराउने प्रयास गरिउकोे उल्लेख गर्नुभयो ।

सहरी योजना आयोगका सदस्य एवं सचित्र शब्द पुस्तिकाकी संयोजक गुजेश्वरी श्रेष्ठले पुस्तिकाका विषयमा जानकारी दिँदै अहिले ४ विषयमा प्रकाशन गरिएको सचित्र पुस्तिका थप २ विषयमा पनि छिट्टै प्रकाशन हुने बताउनुभयो ।

शिक्षा विभागले स्थानीय भाषाको अध्ययन अध्यापन कार्यलाई सरल र व्यवहारिक बनाउने प्रयास गरेको छ । कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद खनालले धारणा राख्नुभयो भने शिक्षा अधिकृत मोतीराज खनालले शिक्षण पद्धतिलाई एकरुपता प्रदान गर्न तालिम र क्षमता विकासका काम गरिरहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाले आफू मातहतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म गत वर्षदेखि काठमाडौंको चिनारी समेटिएको ‘येँ देय् म्हसीके’ नामक पाठ्यक्रमको अध्यापन सुरु गरेको छ । पाठ््यक्रम पठनपाठनका लागि प्रशिक्षण सहायकका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो ।

प्रशिक्षणमा विभिन्न ५५ वटा संस्थागत विद्यालयका करिब ७० जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो । भदौ १३ गतेदेखि वडा २० को परोपकार माध्यमिक विद्यालयमा प्रशिक्षण सुरु भएको थियो ।

अरु विद्यालयहरूबाट प्रशिक्षणको माग आएकोले अर्को छिट्टै अर्को चरणको प्रशिक्षण सञ्चालन हुने प्रशिक्षण कार्यक्रमका संयोजक वरुणप्रसाद वैद्यको भनाइ छ ।

IME Lifesidebar
kumari