दसैंअघि कक्षा १२ को परीक्ष सक्ने तयारी
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप विद्यार्थीहरुले लगाइ रहेकाले कक्षा १२ कोे परीक्षा दसैं अगाडि गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।
यस अघि दुई पटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिएँ ।
परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ ।
त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, चिकित्सा शिक्षा आयोग सिटीइभिटीको परीक्षा नरोकिएकाले कक्षा १२ को परीक्षा पनि गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ) ले स्वीकृति कुरिरहेको छ।