evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न

मध्यम दुरीका सवारी स्ट््याण्ड अध्ययनका लागि उपप्रमुखको संयोजकत्वमा समिति गठन

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक आज सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ ।
खुल्ला मञ्चबाट बसपार्क हटाएर गएको बैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एण्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न भनेको थियो ।

महानगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत यातायात सञ्चालन गर्न माग गर्दै आएका छन् ।
यस ठाउँमा फेरि यातायात फर्काउन नसकिने भएपछि मध्यम दुरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

यसको विकल्पका रुपमा व्यवसायीले केही विकल्प राखेका छन् । ती विकल्पसहित अध्ययन हुनेछ । प्रमुख शाक्यको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविक बमोजिम बसपार्कका रुपमा प्रयोगका लागि गरेको माग निवेदन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरिएको हो ।

समितिका सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा हुनुहुन्छ ।

समितिलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसहितका सरोकारवाला निकायसँग छलफल गरेर सुझाव दिन ७ दिनको समय दिइएको छ ।

बैठकले सिटी मार्केटमा शिलबन्दी गरिएको ठाउँको आगामी उपयोगका विषयमा छलफल गर्दै, यस अघि मार्केटका विषयमा भएको अध्ययन शिफारिस प्रतिवेदनका आधारमा आगामी १ बर्षका लागि बोलपत्रको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

सिटी मार्केट सञ्चालन र राजस्वका विषय बैठकमा जानकारी गराउने अध्यक्ष शाक्यले राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीलाई समय दिनुभएको थियो । त्यस क्रममा डा. अधिकारीले मार्केटमा भएका व्यवसायीले बहाल नतिरेपछि यस प्रकारको समस्या सिर्जना भएको बताउनुभयो ।

उहाँका अनुसार ०७१ कार्तिक १४ गतेदेखि त्यसअघिका सञ्चालक सुरेन्द्र दाहालसँगको सम्झौता रद्द गरेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्का लगाउन महानगरले ०७३ फागुन ४ गते बोलपत्र आव्हान गरेको थियो । त्यसमा कसैको पनि प्रस्ताव दर्ता भएन ।

०७५ मंसिर ६ गते बसेको कार्यपालिकाको बैठकले वडाध्यक्ष भाइराम खड्गीको संयोजकत्वमा सुझाव समिति गठन ग¥यो । समितिले न्युनतम एकीकृत अङ्क थ्रेसहोल्ड राखेर ठेक्कामा लगाउने सुझाव दियो । यसअनुसार त्यस बर्ष न्युनतम थ्रेस होल्ड मासिक १८ लाख ८३ हजार कायम भएको थियो ।

त्यस क्रममा डा. अधिकारीले ठूला २३ करदाताको नाम सार्वजनिक भएको र सम्पर्कमा नआए शिलबन्दीको तयारी रहेको बताउनु भएको थियो । त्यसैगरी आकाशे पुलहरुको व्यवस्थापन गर्ने ठेक्केदारले राजस्व नतिरेपछि महानगरले गरेको ताकेतापछि करीब २ करोड रुपैया तिरेको विषय बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा प्रमुख शाक्यले संयुक्त एम्बुलेन्स चालक संघ भएको कोविडका समयमा भएको सहकार्यका विषयमा जानकारी गराउन सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरलाई र खुल्ला मञ्चबाट अस्थायी बसपार्क हटाएर सुरु गरिएको ‘पिक एण्ड ड्रप’ कार्यक्रमका विषय र यातायात व्यवसायीसँग भएको छलफलका विषयमा जानकारी गराउन नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटालाई समय दिनुभएको थियो ।

यी विषयको छलफल विविधमा राखिएको थियो । आजको बैठकमा १६ वटा प्रस्ताव र विविधमा ६ वटा विषय राखिएका थिए । खोप कार्यक्रमका कारण कार्यपालिका सदस्यहरु केन्द्र व्यवस्थापनमा लाग्नु पर्ने भएकोले प्रस्तावहरुमध्ये ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि – ०७८’ को मस्यौदा मात्र पेश भएको थियो । यो सहित विधायन समितिबाट बैठकमा ल्याइएका ६ वटा कार्यविधि आगामी बैठकमा राखिने छन् ।

 

igi long
himalayan life insurance long ad