citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रचण्डलाई मन्त्री सिफारिस गर्न महाभारत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलिय गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रले ५ वटा मन्त्रालय पाउने निश्चित छ । दुई जना जनार्दन शर्मा अर्थ र फम्फा भूषाल उर्जा, सिंचाई तथा जलश्रोत मन्त्री भइसकेका छन्।

आफ्नो भागमा ७ मन्त्रालय दिनु पर्ने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँग आग्रह गरिरहेका छन्। तर प्रधानमन्त्री देउवा माओबादी केन्द्रलाई हाललाई ५ र पछि सम्भव भएमा ६ भन्दा बढी भाग दिने पक्षमा छैनन्।

साउन १३ गते बुधबार प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ घटकको बैठकमा सरकार गठन भएको दुई साता वितिसकेको भन्दै प्रधानमन्त्री देउवाले सरकारमा सहमागी हुने मन्त्रीको नाम दिन गठबन्धन दलका नेताहरूसँग प्रस्ताव गरेका थिए। यो प्रस्तावसँगै प्रचण्ड तनावमा परेका छन्।

तीन दिनअघि मात्र प्रचण्डले पार्टीका भएजति सबै सांसद मन्त्रीको आकांक्षी हुँदा आफूलाई मन्त्री छान्न निकै सकस भएको र तनावमा परेको बताएका थिए । उनले मन्त्री हुँदा खुसी हुने र मन्त्री नपाउँदा नेतृत्वलाई गाली गर्ने परिपाटी पार्टी विकास भएको बताएका थिए।

प्रचण्डको आफ्नै बुहारी विना मगरलाई दोहोर्याएर मन्त्री बनाउनु पर्ने बाध्यता छ। १० महिनाअघि नै तत्कालिन नेकपाको सरकारमा खानेपानी मन्त्री रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउन खोज्दा प्रचण्डले पद जोगाउन अडान लिएको थिए।

परिवारको सदस्य भएको र भूगोलको हिसावले सुदूरपश्चिममा माओवादी केन्द्रको बलियो नेताको रुपमा रहेका लेखराज भट्टले प्रचण्डलाई छाडेर ओलीसँगै एमालेमा प्रवेश गरेपछि मगरलाई महिला बालबालिका मन्त्रीमा भए पनि राख्नु पर्ने बाध्यतामा प्रचण्ड परेका छन्।

प्रतिनिधिसभाको निर्वाचनमा डा. बाबुराम भट्टराईसँग गोरखामा पराजित भएर पनि राष्ट्रिय सभाको सदस्य बनाइएका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित प्रभावशाली मन्त्रालय पाउनु पर्ने दावी गरिरहेका छन्।

आफू उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालय पाउनु पर्ने दावी सहित उनले प्रचण्डलाई दबाब दिए पनि उनलाई उपप्रधानमन्त्री दिँदा सत्तारुढ कांग्रेस, जसपा र माधव नेपाल पक्षबाट आउनेलाई पनि उपप्रधानमन्त्री दिएर मर्यादाक्रम मिलाउन धेरै उपप्रधानमन्त्री दिनुपर्ने हुँदा सरकारमा पुर्व उपप्रधानमन्त्री भएका नेताहरूलाई नपठाई कनिष्ठ नेता पठाउन देउवाले आग्रह गर्दै आएका छन्।

माओबादी केन्द्रमा आफू निकटका प्रभावशाली नेता गिरिराजमणी पोखरेललाई बारम्बार मन्त्री बनाइएको भनेर आलोचना भएपछि श्रेष्ठले आफ्नो गुटबाट आफै सरकारमा जान खोजेका छन्। उनले आफूलाई सरकारमा नलगिए शशि श्रेष्ठ पोखरेललाई राख्नै पर्ने दबाब प्रचण्डलाई दिएका छन्।

यौन दूराचारको अभियोगबाट जिल्ला र उच्च अदालतबाट सफाई पाइएसकेका  पूर्वसभामुख कृष्णबहादुर महराले पनि उपप्रधानमन्त्री सहित शक्तिशाली मन्त्रालयको दाबी गरेका छन्।

रामबहादुर थापा बादलसँगै पार्टी एकीकरण गर्न भूमिका खेलेका संसदीय दलका उपनेता देव गुरूङले पनि मन्त्रीको दावी गरिरहेका छन् । उनी एमसीसीको कट्टर विरोधी भएकाले प्रधानमन्त्रीसँग शुरूमै खटपट हुन सक्ने शंका प्रचणडलाई छ। त्यसैले उनी गुरूङको ठाउँमा पहिले नै पम्फा भूषाललाई मन्त्री बनाउँदा खुसी थिए।

त्यस्तै आफूलाई मन्त्री नबनाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभावमा परेर झण्डै माओवादी केन्द्र छाडेका हरिबोल गजुरेल आफूलाई कुनै हालतमा मन्त्री बनाउनु पर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन्।

त्यस्तै ओली नेतृत्वको सरकारमा ओलीकै बक्रदृष्टिका कारण मन्त्री पदबाट हटाइएका उदण्ड मधेसी नेता मातृकाप्रसाद यादवल मधेशबाट आफ्नो बिकल्पमा कुनै पनि सांसद र नेता नरहेको बताइरहेका छन्। यादवलाई २ नम्वर प्रदेशमा टक्कर दिने सांसद प्रभु साह नेकपा ९एमाले०प्रवेश गरिसकेका छन्।

एक नम्वर प्रदेशबाट आफूलाई मन्त्री बनाउनु पर्ने भन्दै मोरङका शिवनारायण मण्डलदेखि भोजपुरका सुदन किराँतीले प्रचण्डलाई आग्रह, दबाब र चेतावनी दिइरहेका छन्।

बागलुङका देवेन्द्र पौडेल, रोल्पाकी जयपुरी घर्ती र महेश्वर गहतराज पनि आफूलाई मन्त्री पद दिनै पर्ने भनेर दबाब दिइरहेका छन्। माओबादी केन्द्रका प्रतिनिधिसभामा ४९ र राष्ट्रिय सभामा १४ गरी ६३ सांसद रहेका छन्।

 

himalayan life insurance
igi long