citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज आठ लाख डोज खोप चीनबाट आउँदै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं। आज ८ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो काठमाडौंमा खोप ल्याउने छ ।

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।

चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइ सकेका छन् । जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ । यो खोपको विषयमा धेरैले आशंका गरे पनि खोप सुरक्षित रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

himalayan life insurance
igi long