Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

 पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ कोरोना सङ्क्रमित थपिए

civilbank long ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार आठ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ४२ जना र तीन हजार आठ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय तीन जना गरी दुई हजार चार सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १८ हजार चार सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार दुई सय ५८ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३३ हजार तीन सय ३२ जना पुगेको छ ।

यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ८२ जना पुगेको छ ।

अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र एक सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


४ साउन २०७८, सोमवार १६:५१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad