Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

नेपालका लागि नेपालीको शंख चिन्ह

civilbank long ad

काठमाडौं। श्रावण संग्रान्तिको शुभ मुहर्तमा आज साउन १ गते निर्बाचन आयोगले नेपालका लागि नेपाली पार्टीको चुनाब चिन्ह ‘शंखू’ स्वीकृत गरेको छ। यस कार्यमा अहोरात्र सागर खड्का र दिपक महाराज आत्रेय लगायत लागेर शंख चुनाव चिन्ह प्राप्त गरेको छ ।

अब मुलुकको लुतो अर्थात् भ्रष्टचारका नाइके, बेथितिका अगुवा, लूटतन्त्रका बाहक, होलिवाईनबादी, MCC बादी, गणतन्त्रबादी, संघियताबादी र धर्म निरपेक्षताबादीलाई भोट नहालौं भन्ने शंखघोष गर्दै अब नेपालका लागि नेपाली पार्टी उदय भएको सो पार्टीका नेता डा.सुरेन्द्र भण्डारीले दावी गरेका छन् ।

अबको निर्बाचन नेपाल र नेपालीको हुने, पृथ्वी पथको निर्बाचन हुने, जनकका आदर्श र बुद्धका ज्ञानको निर्बाचन हो, बिदेशी बाद र विचारको होइन। अबको जीत मौलिक राजनीतिको हुने दावी डा। भण्डारीले दावी गरेका छन्। नेपालका लागि नेपाली अबको निकास र मुलुकको आशा एब भरोसा रहेको उनको दावी छ।


१ साउन २०७८, शुक्रवार २०:४५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad