citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप जापानले नेपाललाई दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रम मार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ ।

काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ ।  यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपालल गायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोप मध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

जापानले नेपाललाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप दिन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले पनि लगाउन मिल्छ ।

जापानी दूतावासका अनुसार उक्त खोप नेपालले जुलाईको मध्यदेखि एक महिनाभित्र बिचमा प्राप्त गर्नेछ । यद्यपि खोप आउने तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौता पूरा भएपछि मात्र सार्वजनिक गरिने दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालका लागि जापानी राजदूत युटाका किकुटाले खोप अनुदानमा दिने निर्णयले नेपाल र जापानको लामो समयदेखिको मैत्री सम्बन्ध झल्किएको बताएका छन् । उनले धेरै नेपालीको जीवन रक्षाको लागि अत्यावश्यक रहेको खोप दिने जापानको निर्णयको स्वागत पनि गरेका छन् ।

दूतावासले यो खोप जापानबाट ल्याउने र नेपालमा वितरण गर्ने कार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ ।

नेपालले भारतबाट खरिद गरेको खोप नआएको कारण दोस्रो डोज खोप लिन नपाएका मानिसलाई र खोपको पर्खाइमा रहेका अन्य युवाहरूका लागि जापानले दिन लागेको खोप निकै महत्त्वपूर्ण हुने राजदूत किकुटाले बताएका छन् ।

himalayan life insurance
igi long