stcnepal long ad
global ime bank long

 ८० हजार नक्कली नोट बरामद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँस्थित अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाई बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका २ जना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोजेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरी पुग्दा ती महिलाहरुले ८० हजार नक्कली नोट पसलमा छोडी फरार भए पश्चात उक्त नक्कली नोट प्रहरीले बरामद गरेको हो ।

हाल फरार महिलाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari