citizens life insurance long ad
stcnepal long ad

पानामा पठाउँछु भनी ठगी अभियोगमा पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा टोखा नगरपालिका–१० बस्ने उदयपुर घर भएका ३४ वर्षीय गणेश राउत भन्ने लोक बहादुर राउतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भनेर नक्कली ई–भिसा समेत बनाई पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा टोखा नगरपालिका–१० सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई वैदेशिक रोजगार सम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

IME Life
kumari