Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

म्याद सकिएको डेबिट कार्ड प्रयोग: एटिएमबाट पैसा निकाल्ने दुई जना पक्राउ

civilbank long ad

काठमाडौँ । सिद्धार्थ बैङ्कको म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरी काठमाडौँको भत्केको पुल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २१ लाख रुपैयाँ र म्याद सकिएको डेबिट कार्ड बरामद गरेको छ ।

उनीहरूले म्याद सकिएको एटिएम कार्डबाट चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी इलाकामा रहेको एटिएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निकालिएको मध्ये १० लाख ५० हजार सहकारीमा राखेको खुलेको छ ।


२२ असार २०७८, मंगलवार ०७:२४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad