citizens life insurance long ad
stcnepal long ad

४ वरिष्ठ सहसचिवको सचिवमा बढुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले ४ जना वरिष्ठ सहसचिवहरूलाई सचिवमा बढुवा गरेको छ । असार १७ गते बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासन तर्फका सहसचिव र २ जना प्राविधिकतर्फका सहसचिव गरि ४ जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रशासन तर्फको एक सचिवमा बढुवाका लागि जेष्ठ सहसचिव डा. दामोदर रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएकाले उनलाई बढुवा गरिएको छ ।

प्रशासन तर्फको अर्को एक सचिव पदमा अन्य ३ जना सहसचिवको नाम सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका छन ।

पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो ।

वन सेवातर्फ आचार्यको बढुवा

सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवा तर्फ सचिवमा बढुवा भएका छन् । सचिव बढुवाका लागि आचार्यसँगै निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस भएको थियो । बरिष्ठताका आधारमा आचार्यलाई सचिवमा बढुवा गरिएको छ । आचार्य र पाण्डेको नाम यसअघिको सचिव बढुवामा पनि सिफारिस भएको थियो भने खरालको नाम पहिलो पटक बढुवा समितिले सिफारिस गरेको थियो ।

कृषि सेवातर्फ बज्राचार्यको बढुवा

इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बढुवा समितिले बज्राचार्यसँगै सहसचिव सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम पनि सिफारिस गरेको थियो ।

लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अघि बढेको छ।

अहिले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त छ । गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् । उनीहरु बढुवा भएसँगै रिक्त भएका ठाउँ परिपूर्ति हुनेछन् ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि गत असार १४ र १५ गते सहसचिवको नाम सिफारिस गरेको थियो।

IME Life
kumari