stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लेखा प्रमुख ढकालले करोडौँ कमिशन लिएको भन्दै अख्तियारमा उजुरी दर्ता , बिना मगर पनि तानिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डका लेखा प्रमुख रामचन्द्र ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

उजुरीमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र पूर्व खानेपानी मन्त्री बिना मगरसँगको सेटिङमा ढकालले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ । ढकाल विरुद्ध अख्तियारमा परेको उजुरीको दर्ता नं. सी.–०३५९०७ हो ।

गत जेठ १८ गते दर्ता गरिएको उजुरीमा ढकालले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन खानेपानी मन्त्री बिना मगरसँगको ‘सेटिङ’ मा भ्रष्टचार गरेको उल्लेख छ ।

अख्तियार स्रोतका अनुसार उजुरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चालक समितिकै कर्मचारीहरुले उजुरी दर्ता गरेका हुन् । आफूहरु आउन सक्ने बताउँदै १० जनाले आफ्नो सम्पर्क नम्बर र नाम पनि उजुरीका साथ बुझाएको बुझिएको छ।

‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा–प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीहरुसँग कुल भुक्तानी रकमबाट चेकमा कारोबार गर्दा अनधिकृत रुपमा २० देखि ३० प्रतिशतसम्म कमिशन रकम घूसबापत लिँदै आएका छन्’, उजुरीमा उल्लेख छ, ‘घूस बापत प्राप्त रकमबाटै रामचन्द्र ढकालले काठमाडौंको शंखमूलमा घर बनाएको र विभिन्न वितीय संस्थाहरुमा वचत गरिरहेको जानकारी पनि गराउन चाहन्छौँ ।’ उजुरीमा उल्लेख गरिएको छ।

अवैध रुपमा आर्जन गरेको पैसाले ढकालले विलासी जीवन व्यतित गर्दै मात्र आइरहेका छैनन्, विभिन्न समयमा आफूले रचना गरेको गीतहरुको गीति सँगालोहरु पनि निकाल्दै आइरहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै उजुरीमा लेखिएको छ, ‘माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० सँग निकट रहेका उनी प्रचण्डको बुहारी बिना मगर खानेपानी मन्त्री रहेका बेलामा उनीसँगकै सेटिङमा लेखा प्रमुख रामचन्द्र ढकालले करोडौँ घूस उठाएर केही प्रतिशत आफूलाई राखेर मन्त्री बीना मगरलाई दिँदै आएका थिए ।

दुई पृष्ठ लामो उजुरीमा भनिएको छ, ‘सरकारको कर्मचारी भएर पनि आफूलाई साहित्यकार तथा गीतकारको रुपमा उभ्याएर पैसामा पुरस्कारहरु खरिद गरेर सम्मानित समेत हुँदै आएका लेखा प्रमुख रामचन्द्र ढकालले आफ्नो अख्तियार दुरुपयोग गर्दै शक्ति केन्द्रहरुलाई प्रभावमा पारेर ठूला–ठूला ठेक्कापट्टाको भुक्तानीमा घूसबापत मोटो रकम कमिशन लिँदै आइरहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनीमाथि यथाशीघ्र छानबीन र अनुसन्धान गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन हामी काठमाडौं उपत्यका खानेपानी बोर्डका देशभक्त कर्मचारीहरु विशेष अनुरोध गर्दछौँ ।’

ढकालले भ्रष्टाचार गरेको सबुत तथा प्रमाणहरुको विवरण पनि अख्तियारमा पेश गरिएको निवेदनसँगै संलग्न गरिएको छ ।

१. लेखा–प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीहरुसँग कमिशन ‘बार्गेनिङ’ गर्दा मोबाइलमा रेकर्ड गरिएको भ्वाइस क्लिप भएको सामसुङ कम्पनीको ३६ जीबीको १ थान मेमोरी कार्ड ।

२. लेखा–प्रमुख रामचन्द्र ढकालले काठमाडौंको शंखमूलमा बनाएको घरको ४६ इञ्चको रङ्गीन तस्बिर ।

३. लेखाप्रमुख रामचन्द्र ढकालले लिदै आएको घूस रिसवतको प्रत्यक्ष दर्शी अख्तियारले बोलाएको समयमा बयान दिन हाजिर हुनसक्ने काठमाडौं उपत्यका खानेपानी बोर्डका १० कर्मचारीहरुको नाम र सम्पर्क नम्बरको सूची भएको एक पृष्ठ कागज ।

उजुरीकर्ताहरुले हामी देशभक्त कर्मचारीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका लेखा–प्रमुख रामचन्द्र ढकालले रिसवत लिँदै आएको सबुत प्रमाण झूठा ठहरिएमा कानुन बमोजिम कार्यवाही भोगौँला सहुँला भनेर प्रतिबद्धता समेत जनाएका छन् ।

prabhu mahalaxmi
kumari