citizens life insurance long ad
stcnepal long ad

सिन्धुपाल्चोकको मेलम्ची बजार बाढीको जोखिममा

Nimb long ad
Prabhu Insurance Long Ad

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको छ । इन्द्रावती र मेलम्चीमा आएको बाढी हिजो हेलम्बु बजारमा पसेको र बिहान मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

हिजो बेलुकी मेलम्ची खोलामा पानीको सतह निकै घटेकोमा बिहानीपख बढ्न थालेको र कतै खोला थुनिएर खुल्न थालेको आशंकामा स्थानीयबासिन्दा त्रसित रहेका उहाँले बताउनुभयो ।

बजारका बासिन्दाले घर छाडेर केही माथि सरेका छन् । हिजो हेलम्बुमा बाढी पसेको बेला भागेकामध्ये ६ जना अहिले पनि सम्पर्कविहीन छन् । नेपाली सेना र नेपाल प्रहरीले उनीहरुले खोजी गरिरहेको तर मोबाइल बन्द रहेकाले राति भेटाउन नसकेको र आज बिहानैदेखि खोजी भैरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

बाढीले हेलम्बुका थुप्रै घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको उहाँले बताउनुभयो । मनसुन नेपाल भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै चार–पाँच दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

पानी परेसँगै विभिन्न नदीमा पानीको सतह पनि बढेको छ । अहिले नारायणी नदीमा पानीको वहाव बढेकोले म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

IME Life
kumari