citizens life insurance long ad
stcnepal long ad

पोखरा महानगरपालिका कोभिड अस्पताललाई भारतीय पेन्सन क्याम्पद्धारा सफाई मेसिन सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । भारतीय पेन्सन क्याम्प पोखराले पोखरा महानगरपालिका कोभिड अस्पताललाई सफाई मेसिन सहयोग हस्ताण्तरण गरेको छ ।
सफाई मेसिन हस्ताण्तरण गर्दै भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख लेप्टेन्ट कर्णेल शशांक त्रिपाठीले पोख्रेलीहरुको लागि आकस्मिक सेवा गर्न आवश्यक वाशिङ्ग मेसिन उपलब्ध गराउन पाउँदा खुशि लागेको बताए ।

प्रमुख त्रिपाठीले नेपाल–भारत सम्बन्ध सुखदुखको साथी जस्तो भएकोले पोखराको लागि आवश्यक पर्ने सामाग्री सहयोग गर्न सकारात्मक भूमिका खेल्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले सहयोग सामाग्री बुझ्दै नेपाल भारतको अन्तर सम्बन्धमा थप महत्व बढेको बताए । प्रमुख जिसिले सरकारले सहयोग गरेमा नगरवासीका लागि कोभिड भ्याक्सिन उपलब्ध गराउन सकिने र सो का लागि पेन्सन क्याम्प मार्फत आवश्यक सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

कोरोना महामारीको दोश्रो लहर फैलिसँगै कोभिड उपचारका साथ आकस्मिक संक्रमण रोग उपचारका लागी साविक लेखनाथ नगरपालिकामा अस्पताल सुरुवात गरिएको भन्दै अस्पताल सञ्चालनमा सबैको सहयोग सहभागिता आवश्यक रहेको स्वास्थ्य प्रमुख हेमन्त शर्माले बताए । प्राप्त सहयोगले अस्पतालको सफाई व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने प्रमुख शर्माले बताए ।

IME Life
kumari