stcnepal long ad
ime life insurance
national life
global ime bank long

जेठ ३० गतेबाट मनसुन शुरू हुने

केही दिनभित्रै वर्षा बढ्ने संकेत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन ।

उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँ(ठाउँमा भारी बर्षासमेत हुने जानकारी दिएका छन । जल तथा मौसम विज्ञान विभागले अहिले मनसुनको निगरानी गरिरहेको छ, एक–दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ ।

वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँ(ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गरेको छ। पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

मौसमविद् हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ ।

आज दिउसो काठमाडौ उपत्यकामा सामान्य वर्षा हुने र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा मेघगर्ज/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको हुनेछ ।

सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी जेठ ३० गते आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ ।

सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

आज जेठ २७ गते २१४ वटा वर्षा मापन केन्द्र ९मानव सञ्चालित ८५ र स्वचालित १२९० मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ ।

IME Lifesidebar
kumari