stcnepal long ad
dftqc long ad
prabhu bank long ad

नेपाल–चीन सम्बन्धमा चिसो बढदै

civilbank long ad

काठमाडौ । अहिले नेपाल– चीन सम्बन्धमा चिसोपन आएको देखिन्छ । चिनियाँ राजदुत होउ यान्छीको पनि सकृयता अहिले कम देखिएको छ। पहिला चिनियाँ राजदुत होउ यान्छी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घरमै गएर भेटथिन। अहिले धेरै समय भयो यस्तो भेटघाट भएको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त राजदुत यान्छीलाई गत पौष यता वालुवाटार छिर्न दिएका छैनन्। राजदुत यान्छीले परराष्ट्र मन्त्रीलाई नभेटेको पनि धेरै समय भयो। यो विचमा चीनले २० लाख भोरोसेल खोप,५ हजार अक्सिजन सिलिन्डर,केही थान भेन्टिलेटर सहयोग दिने बाहेक अन्य ठुला सहयोग गरेको छैन।

चीनले बनाउने भनेको चक्रपथको कलंकी–गोपीकृण्ण खण्डको काम पनि अघि बढन सकेको छैन। केरूङ– काठमाडौ रेल, चक्रपथ मनोरेल कथा मात्र हुने देखिएको छ । यसमा कुनै प्रगति भएको छैन्। मित्रराष्ट्र चीनले नेपालमा विभिन्न पूर्वाधार तथा ठूला आयोजनामा लगानी गर्ने प्रतिबद्धता गरेको भए पनि तदनुरूप काम गरेको छैन ।

पहिला भारतले नेपालसँग प्रतिबद्धता गरे अनुसार आयोजनाहरू नबनाएको आरोप लगाइन्थ्यो भने अहिले चीन सम्मिलित धेरै आयोजना अलपत्र परेका छन्। चीनले थालेका केही आयोजनाको निर्माण कार्य तोकिएको मितिमा सकिएको छैन तथा प्रतिबद्धता जनाइएका केही आयोजनामा लामो समयदेखि लगानी आएको छैन।

पूर्व राजदूत र चीनसँग साझेदारी गरिरहेका व्यवसायीहरू भने त्यसमा सबैभन्दा ठूलो कमजोरी नेपाल– चीन सम्बन्ध चिसिएकाले हो भन्छन । नेपाल सरकारले चीनबाट आएका प्रतिबद्धतालाई कार्यान्वयन गराउन किन सकेन रु सरकारले एमसिसि परियोजना अनुमोदन गर्न खोजेपछि चीन रिसाएको छ ।

त्यसो त सरकारले चीनसँग पारवहन सम्झौता गर्दा भारत पनि असन्तुष्ट भयो। नेपालले आग्रह गर्दा पनि चीनले आयोजना अगाडि बढाउन कुनै चासो दिएको छैन । नेपाल सरकारले चीनसँग भएका सम्झौताहरूको समयमै कार्यान्वयन गर्न कूटनीतिक तवरबाट कुरा उठाए पनि चीनले पुरै वेवास्था गरेको छ । सा–सानो क्षेत्रमा सहयोग गरेर ठुलो सहयोग र आयोजना कार्यान्वयनमा चीनले वेवास्था गरेको छ । अहिले चीनबाट हुने भनिएको लगानी बारे चर्चा र गुनासो बढ्नुमा चीनसँग नेपालको सम्बन्ध चिसोपन देखिनु हो भनिन्छ ।

पहिले नेपालको सम्बन्ध भारतसँग मात्र धेरै थियो त्यसैले भारतलाई मात्र हेरेर भन्ने गरिन्थ्यो। अहिले भने चीनसँग सम्बन्ध विस्तार भइरहेकाले बिस्तारै उसलाई पनि बुझ्दै गएको अवस्था छ। पहिले नेपालसँग चीनको सम्बन्ध अहिले जस्तो व्यापक भइसकेको थिएन,चीन टाडै थियो तर अहिले नजिकबाट चीनलाई बुझ्न थालिएको छ चीन भारतसँगको जस्तो सहज छैन।

नेपालमा पहिले चिनियाँहरूले राम्रै काम गरेका पनि थिए। चाँडै नै काम सम्पन्न गर्ने गरेकाले नेपालमा उनीहरूप्रति विश्वास थियो,तर अहिले चिनियाँहरू जेमा पनि संलग्न हुने,काम नगर्ने,बढी रकम माग गर्न थालेका छन्। त्यसैले चिनियाँहरू प्रतिको नेपाली सोचाइ बदलिएको छ।

चीनबाट तेल ल्याउन पनि त्यति व्यवहारिक भएन, काममा पनि आएन। केरूङबाट रेल ल्याउने कुरा कुरैमा सिमित भएको छ। चीनबाट आउने भनेको लगानी रोकिनु र चीनले बनाइ दिने भनेका पूर्वाधार नबन्नुमा चीनको दोष धेरै छ ।

चीनले आयोजना ओगट्न थालेको छ। चीनले नेपालमा भित्रैदेखि लगानी गर्ने इच्छा देखाएको छैन्। नेपालमा काम गर्ने वातावरण भएन भन्न थालेको छ । नेपालमा कुनै पनि आयोजना बनाउने कुरा सुरु भएदेखि नै अवरोध सिर्जना हुने गरेकाले काम हुन नसकेको मानिन्छ । एउटा रुख काट्नु पर्‍यो धेरै झन्झट छ ।

न जग्गा अधिग्रहण सहज छ न त विदेशीले जग्गा किन्नै पाउँछ,यस्तो बेलामा पैसा लगानी गर्न आउने मान्छे किन आउँछ चिनियाँको पनि प्रश्न छ रु प्रधानमन्त्री र मन्त्री तहमा भ्रमणहरूका बेला जनाइएको प्रतिबद्धता र गरिएका समझदारी अनुसार एकद्धार प्रणालीबाट काम नहुँदा पनि नेपालमा चीनियाँहरूले लिएका आयोजनाहरू अघि बढन नसकेको बताइन्छ ।

सरकारले विदेशी रकम लगानीका लागि ल्याउन सहजीकरण नगर्दा पनि चिनियाँहरू बिच्किएका छन् । नेपाल सरकारले त्यहाँबाट आएको लगानी प्रतिबद्धतामा निरन्तर खोजखबर नगर्दा यस्तो समस्या उत्पन्न भएको ठान्नेहरू पनि छन । लगानी गर्नेले प्रतिबद्धता जनाएपछि हामीले फलोअप गर्नुपर्ने हो ।

त्यसमा हाम्रै कमजोरी छ। लगानीको उपयुक्त वातावरण नबनाइएकाले पनि लगानीकर्ता आकर्षित नभएको र प्रतिबद्धता अनुसार काम नगरेको हुन सक्छ।

कोही पनि यहाँ दान दिन आउने त होइनन्,उनीहरूले यहाँको पूर्वाधार बनाउँदा पनि लगानी गरेर त्यसको प्रतिफल खोज्ने हो। त्यसका लागि हामीले नै उपयुक्त वातावरण बनाउनु जरुरी छ । सरकारले बलियो भएर काम गरी वातावरण बनाएमा मात्र चीन वा भारतले ओगटेर राखेका भनिएका आयोजनाहरू अघि बढ्नेछ । पछिल्लो पटक नेपालबाट चीनमा भएका प्रधानमन्त्री र राष्ट्रपतिका भ्रमणका बेला सम्झौता गरिएका धेरै आयोजनाहरूको प्रगति खासै हुन सकेको छैन। त्यस्ता आयोजनाहरूमा औद्योगिक पार्क स्थापना, कालीगण्डकी गर्जेज आयोजना, त्रिशूली–गल्छी आयोजना, सिउरी न्यादी जलविद्युत् आयोजना, माथिल्लो मर्स्याङ्दी आयोजना, पूर्वी तराईको सिँचाइ सम्बन्धी सम्झौता, रसुवागढी–केरुङ प्रसारण लाइन, केरूङ–काठमाडौ रेल, चक्रपथ, मनोरेल निर्माण आदि छन्।

त्यस्तै लामो समयदेखि पश्चिम सेती र बूढीगण्डकी जस्ता आयोजनाहरूमा पनि खासै प्रगति हुन सकेको छैन।काठमाडौ उपत्यकामा खानेपानी आपूर्तिका लागि निर्माण भएको मेलम्ची आयोजनामा पनि शुरूमा चिनियाँ कम्पनीले काम गर्न नसकेपछि इटालीको ठेकेदारलाई दिइएको थियो ।

उक्त ठेकेदार कम्पनी पनि काम सम्पन्न नहुँदै आर्थिक समस्यामा परेर भागेपछि फेरि चिनियाँ कम्पनीलाई नै त्यहाँको बाँकी काम दिइएको थियो, त्यो काम भने पूरा गरेका थिए। त्यस्तै कतिपय चिनियाँ कम्पनीहरूले काम जिम्मा लिएपछि लम्ब्याउँदै गएर बढी भुक्तानी लिने गरेको पनि आरोप लाग्ने गरेको छ । चिनियाँ सरकारी निर्माण कम्पनीले पनि ठग्न थालेका छन्।


२७ जेठ २०७८, बिहीवार १८:४६ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad