macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

डिआईजीको सरूवामा ढिलाई

प्रहरी संगठनमा असन्तुष्टि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । केपी शर्मा ओली सरकारमा गृह मन्त्री नहुँदा १३ महिना वितिसक्दा पनि नेपाल प्रहरीका डीआईजीहरुको सरुवा हुन सकेको छैन । सामान्यतया एक वर्षमा डिआईजीको सरूवा हुँदै आएको थियो तर अहिले एक वर्ष एक महिना भयो सरूवा फाइल अगाडि बढेको छैन ।

अहिले गृह मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाले पनि उनले सरुवामा चासो दिएका छैनन् । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुने गर्छ । नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्छ। कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको छ ।

सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ,लागू ओैंषध व्युरो, विशेष व्युरोका प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पुगिसकेको छ । एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको छ।

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्ण र महत्त्वपूर्ण मानिँदै आएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ ।

उनीहरुमध्ये एकजनाले सीआईबीको नेतृत्त्व पाउने निश्चित प्रायः रहेको गृह र प्रहरीकै अधिकारीहरु बताउँछन् । यस्तै रविन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । वसन्त लामाको नाम पनि महत्त्वपूर्ण विभागकै लागि चर्चामा छ । यसबाहेक अन्य डीआईजीहरुको सरुवा प्रहरी प्रधान कार्यालय भित्रै हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad