citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अक्सिजन कन्सेटेसर र अक्सिजन सिलिन्डर सहित नेता नेपाल गाउँ गाउँमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

सिन्धुपाल्चोक । वागमती प्रेदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र पालिकाहरुमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

जिल्लाका ब्यवसायी एवं पार्टीका नेताहरुको सहकार्यमा जिल्लाको सुनकोसी गाउँपालिका वडा न. २, वडा न. ७ लामोसाघु, सदाबहार अस्पताल खाडीचौरमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो।

यस्तै जिल्लाको बाह्रबिसे नगर पालिकाको वडा न. १,२,३,५ र ७ मा पनि स्वास्थ्य सामाग्री बितरण गरिएको प्रदेश सभा सदस्य नेपालले बताउनु भयो।

जलबिरे, खाडीचौर र बाह्रबिसे अस्पतालमा अक्सिजन उत्पादन गर्ने कन्सेटेसर,अक्सिजन सिलिन्डर लगात अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो। पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर गाउँ (गाउँ सम्म पुगेपछी स्थानिय जनताहरुलाई संक्रमणबाट जोगाउन र संक्रमितहरुलाई सहज उपचारको ब्यवस्थापन गर्न स्थानीय अस्पताल र स्वास्थ्य चौकीहरुमा औषधि, अक्सिजन र स्वास्थ्य सामाग्री आफै लिएर नेता नेपाल गाउँ गाउँ पुग्न थाल्नु भएको हो। कोरोना महामारीका बीच जनताको स्वास्थ्यको बारेमा चासो राख्दै नेता नेपाल लगाएत जिल्लाका ब्यवसायी र स्थानीय नेताहरु स्थानीय जनताहरुको घर घरमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थालेपछि स्थानीय जनताहरुले खुशी व्यक्त गरेका छन। स्वास्थ कर्मिको हौसला बढाउन र संक्रमीत स्थानीय जनताहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन जिल्लाका पालिका, अस्पताल र स्वास्थ्य चौकीको अवस्था बुझ्न, अतिआवश्यक स्वास्थ्य सामाग्रीको जोहो र ब्यवस्थापन गर्न आफू लागि परिरहेको नेता नेपालले बताउनु भयो।

himalayan life insurance
igi long