stcnepal long ad
ime life insurance
national life
global ime bank long

दुगडको कार्यशैलीले व्यापारी हैरान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । राजस्थानको मरूभुमीमा जीविकोपार्जन नभएपछि विहारको कटियार हुँदै जोगवनी नाका भएर बाबुसगै वि.स. २०२० सालमा विराटनगर छिरेर दिलिप धाडेवाको छाप्रामा बसेर एउटा घोडामा सामान राखेर व्यापार गरि हिडने मोतिलाल दुगडको कार्यशैलीका कारण अहिले माडवारीमुलका उद्योगी र व्यापारीहरू हैरान हुँदै आएका छन।

आपूर्ति राज्यमन्त्री खुस्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार बनेका दुगडले माडवारी मुलका उद्यमी–व्यापारीहरूलाई उनीहरूका उद्योग– व्यापार क्षेत्रका माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई भेटाउछु भन्दै वालुवाटार लैजाने र उता बालुवाटारका राजनीतिक सल्लाहकार बिष्णु रिमाललाई मोवाइल गरि वालुवाटार आउने उधमी व्यापारी सबै नेकपा (एमाले) प्रवेश गर्नेहरू हुन ।

उनीहरूलाई रातो टीका लगाउन अविर र फुल तयार गराएर राख्नु भन्दै कुराकानी गर्ने र वालुवाटारमा लगेर उद्यमी–व्यापारीलाई सामुहिक रूपमा भेटाउने र सामुहिक रूपमै आफ्ना कुरा राख्न लगाएर फर्किने वेलामा अविर र फुल लगाएर एमाले प्रवेश गराउन थालेकाले अहिले मोतिलाल दुगडसँग माडवारी समुदायले संम्पर्क गर्न र भेटन छाडेका छन ।

उनलाई नजिकबाट चिन्नेहरूले मोतिलाल माडवारी नभएर थर ढाँटी दुगड भएको समेत बताउछन। उनी विहारी भैया हुन भनिन्छ। विराटनगरमा रामलाल गोल्छा पछि तोलाराम दुगड,किशनलाल दुगड,मोती दुगड परिवार सबै भन्दा धनी थिए ।

त्यही भएर विहारी भैया मोतीलालले थर परिवर्तन गरि दुगड राखेको विराटनगरमा चर्चा छ। टिएल दुगड,केएल दुगड ग्रुपसँग मोतीलाल दुगडको कुनै नाता,आफन्त नपर्ने र आफ्नो नाम र थर भजाएर अन्य माडवारी व्यापारी ठगेर हिडने गरेको कुरा स्व। तोलाराम दुगडले कान्तिपथको कार्यालयमा आउने पत्रकारलाई सधै बताउथे।
यस्ता ठगले प्रधानमन्त्री ओलीलाई कसरी रिझाएर आर्थिक सल्लाहकार भए खोजवीन र अनुसन्धानको विषय भएको छ । शुरूमा एमालेका मोरङका नेता प्याकुरेल र ढकाल मार्फत निकट बनेका मोतिलालले सदभावना पार्टी एमालेमा विलय गराएर सांसद पद पाएका थिए,पछि राज्यमन्त्री सम्म भए ।

अहिले फेरि प्रधानमन्त्रीको सल्लाहकार बने। सल्लाहकार बनेपछि यिनले माडवारी मुलका उद्यमी–व्यापारीलाई होलसेलमा एमाले प्रवेश गराउदै आएपनि एमाले प्रवेश गरेका उधमी व्यापारीले एमाले छाडदै हिडेका छन ।

यसमा असफल भएपछि यिनको आँखा २ अर्वको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. को नुन व्यापारमा परेको छ । यिनले सल्लाहकारको पदको दुरूपयोग गर्दै अर्थ मन्त्रालयका कर्मचारीलाई नाजायज दवाव दिएर बजेट बक्तव्यमा नुनको व्यापार गर्न निजी क्षेत्रलाई दिन सक्ने बुँदा घुसाउन लगाएका थिए। नुन बिक्री वितरण गर्ने अनुमति नपाइ यिनको सेञ्चुरी स्पाइस मसला कम्पनीले नुन बिक्री वितरण गर्दै आएको छ ।

सबै तह र क्षेत्रका जनताले दैनिक उपभोग गर्ने अति आवश्यक आयोडिन युक्त नुनमा सरकारले सरकारले अनुदान दिई आपूर्ति गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाइदा पु¥याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनसायबाट निर्णय गरेको छ ।

यस्तो निर्णयबाट जनताको सर्वसुलभ रूपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारलेक मिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति नेपाली कांग्रेस ,नेकपा ( माओवादी केन्द्र) नेकपा (एमाले) माधव पक्ष, जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा नेपाल जस्ता ठुला र जनाधार भएका पाँच दलले एक विज्ञप्ती प्रकाशित गरि विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेका छन।

दुगडले नेपाल विधुत प्राधिकरणलाई टुक्राएर उत्पादन,प्रशारण र वितरण तीनवटा कम्पनी बनाएर निजी क्षेत्रलाई विक्रि गर्ने र प्राधिकरणलाई ध्वस्त पार्न खोजेका छन । यश विरूद्व प्राधिकरणका कर्मचारी संघ–संगठनले विरोध गर्दै आएका छन । कमिशनखोर र माफिया, मुनाफाखोर दुगड विरूद्व प्राधिकरणका कर्मचारी संघ–संस्थाहरूले निषेधाज्ञा हटने बित्तिकै आन्दोलन छेडने भएका छन्।

No description available.

IME Lifesidebar
kumari