citizens life insurance long ad
stcnepal long ad

 प्रभु क्यापिटलले कोभिड–१९ को रोकथाममा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलले कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । क्यापिटलले संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

कम्पनीले पूनः प्रयोग गर्न मिल्ने मास्क१५० थान, साबुन १५० थान, स्यानिटाइजर ९१०० मिलिलिटर० १५० थान, पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामाग्री १५० थान , पारासिटामोल १५० थान वितरण गरेको छ।

समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का विरामीहरुलाई वितरण गर्नेछ ।

IME Life
kumari