Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

नेपाललाई आपतकालिन सहयोगको जरुरी–डब्लुएचओ

civilbank long ad

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले नेपालसहितका देशहरू सङ्क्रमणसँग जुध्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’


१ जेठ २०७८, शनिवार १२:५० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad