citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

निजामती कर्मचारी अस्पताल १५० बेडको कोभिड अस्पतालमा रूपान्तरण

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ। सिभिल अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ । शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ ।

१५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक (औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ ।

साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकारी निर्देशक डा. विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता शुक्रबारदेखि नै लागु भएको अस्पतालले जनाएको छ ।

himalayan life insurance
igi long