stcnepal long ad
ime life insurance
national life
global ime bank long

व्यक्तिगत घर निर्माण गर्न अब सजिलो, राष्ट्र बैंकले दियो यसरी सुविधा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६
काठमाडौं। राष्ट्र बैंक मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले समीक्षा आफ्नो वेबसाइटमार्फत सोमबार राति सार्वजनिक गरेको हो । जस अनुसार व्यक्तिगत घर निर्माण तथा खरिद कर्जामा केही खुकुलो पारिएको हो । राष्ट्र बैंकको नीति अनुसार अब व्यक्तिले घर बनाउन वा खरिद गर्नका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डीटीआई) फराकिलो भएको छ ।
मौद्रिक नीति समीक्षा अनुसार कुनै पनि व्यक्तिले आफ्नो लागि निर्माण तथा खरिद गरिने पहिलो घरका् लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्याइएको छ। यसअघि पस्तो अनुपात जम्मा ५० प्रतिशत मात्र थियो। यस आधारमा कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत घर वा आवासका लागि आफ्नो आम्दानीको ६० प्रतिशत रकम किस्ता तिर्न छुट्याउन सक्नेछ ।
पहिलो घर निर्माण वा खरिदका लागि आम्दानीको स्रोत पनि खुकुलो पारिएको छ। ५० लाखदेखि २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन तथा साना तथा मझौला पेशा व्यवसायका लागि कर दाखिला कागजपत्रका आधारमा कर्जा प्रदान गर्न तथा नवीकरण गर्न सकिने छ।
 २ करोडभन्दा तल ऋणमा कडाइ नहुने यसले देखााएको छ । यसैगरी, रियलस्टेट कम्पनीहरुले सञ्चालन गरेका परियोजनामा पनि ऋण सुविधा सहज पारिएको छ। राजधानीभित्रका जग्गाामा ऋण मूल्य अनुपात ५० प्रतिशत तोकिएको छ भने बाहिर ६० प्रतिशत राखिएको छ ।
IME Lifesidebar
kumari