stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा शुरु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा सम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि भएको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ र समान धारणा बनाउन योगदान पुगोस् भन्ने हेतुले आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल रेडक्रस तथा राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधि लगायत २१ अधिकृतको उक्त कक्षामा सहभागिता रहेको छ ।

कक्षाको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको प्रवद्र्धनका लागि नीति निर्माण तहमा रहने र कार्यान्वयन गर्ने बीच वर्तमान र भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीको विश्लेषण, अनुभव आदान–प्रदान गरी समान बुझाइ र साझा धारणा बनाउन कक्षा सहज हुने बताए ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्ने सुरक्षाको बहुआयामिक महत्व बारे ज्ञान आदान–प्रदान र बुझ्न सहज हुने बताउँदै उनले कक्षामा प्राप्त ज्ञानबाट विपद्का समयमा सरोकारपक्ष बीच सहकार्य र एकता कायम हुने विश्वास व्यक्त गरे ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित पाँचौँ शृङ्खलाको उक्त कक्षामा सुरक्षा नीति अन्तर्गत सार्वजनिक र निजी मूल्यमान्यता, राष्ट्रिय सम्मान र गौरव, जीउधन एवं सामाजिक–सांस्कृतिक मूल्य मान्यताको सुरक्षा र संरक्षणका विषयमा पनि ज्ञान दिइनेछ ।

राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा देशको पूर्ण सुरक्षालाई बुझाउने र त्यसले मुलुकको अर्थतन्त्र, न्याय र समृद्धिमा विशिष्ट योगदान पु¥याउन सक्ने पाटोबारे कक्षामा विश्लेषण गरिने बताइएको छ ।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले विश्वमा देखिएका नयाँनयाँ सुरक्षा चुनौती र चासोलाई सामना गर्न हामी बीचको सामूहिक छलफल पनि महत्वपूर्ण हुनसक्ने धारणा व्यक्त गरे ।

कलेजका प्रमुख उपरथी ईश्वर हमालले सामाजिक मूल्य मान्यताको संरक्षण गर्न र प्राकृतिक प्रकोप तथा विपद्का समयमा सहकार्यका साथ काम गर्न सहज तुल्याउन कक्षा कासशेढुङगा साबित हुनेछ भने ।

उक्त कक्षा १५ दिने तालीममा सुरक्षा, परराष्ट्र, ऊर्जा, आतङ्कवाद, कूटनीति, साइबर चुनौती, सञ्चार र राष्ट्रिय सुरक्षा लगायत विषयमा विज्ञविद्वानबाट प्रस्तुति हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari