stcnepal long ad
global ime bank long

काठमाडौँ महानगर वडा २६ को नवनिर्मित भवन उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरको वडा २६ कार्यालय भवन उद्घाटन गरिएको छ । बैशाख ८ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन उद्घाटन गर्नुभएको हो । २०७५ माघ ३ गते शाक्यले नै शिलान्यास गर्नुभएको थियो ।

८ आना जमिनमा ९ हजार ५५० बर्गफुट क्षेत्रफल भएको साढे ३ तले भवन निर्माणको लागत ४ करोड ३९ लाख रुपैयाँ हो । भवनको जमिन तला २ हजार ५ सय बर्गफुटको छ । सहरी स्वास्थ्य सेवासहित भवनको माथिल्लो तलामा करीब १ सय व्यक्ति अट्टाउने सभा कक्ष छ ।

भवन उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले, जनताको सेवाका लागि संरचना बनाउँदा कतैबाट अबरोध नहोस् भन्ने चाहना रहेको बताउनुभयो ।

जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजनाअनुरुप हामीले सबै वडा कार्यालय बनाउने नीति बनाएर काम थालेका थियौँ । उहाँले थप्दै भन्नुभयो, ‘अधिकांश वडा कार्यालयको आफ्नै भवन हुँदा केन्द्रीय कार्यालय बनाउन भने पाएनौँ ।

हरिभवनलाई बागदरबार भन्दै सम्पदाका नाममा विरोध गर्नेहरुको ढिपीले काम सुरु हुन पाएन । विरोधमा तथ्य भए, स्वीकार्न हुन्थ्यो । काम हुन नदिने नियतले विरोध गरियो ।’

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जीवन डंगोलले, व्यवस्थित संरचनाबाट सहज सेवा दिने महानगरको योजनाको प्रशंशा गर्नुभयो । सेवा व्यवस्थापनसँगै सम्पदा बचावटमा महानगरको नेतृत्वबाट परिणाम आएका छन् ।

यसको मात्रालाई बढाउनुपर्छ । उहाँको भनाइ थियो । त्यसै क्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, डाँछी अपा लगाएर बनाइएको वडा भवनले काठमाडौँको भवन निर्माणको संस्कारलाई विम्बित गरेको उल्लेख गर्नुभयो । जनप्रतिनिधिविहिनताको अवस्थालाई सम्हाल्दै नीति र बजेटको व्यवस्था गरेर वडा कार्यालयहरु निर्माण तथा पुननिर्माण भइरहेको उहाँको भनाइ थियो ।

यो भवन तपाईँहरुकै हो । हामीले बनाइ दिएका हौँ । कार्यक्रममा सहभागीलाई देखाउँदै वडाध्यक्ष ख्यामराज तिवारीले भन्नुभयो, तपाईँहरुबाट प्राप्त राजस्वबाट बनाइएको भवन तपाईहरुकै हो । यसलाई जतन गर्ने जिम्मा पनि तपाईँहरुकै हो ।

त्यस क्रममा वडाको सामाजिक, आर्थिक विकास तथा व्यवस्थापनमा सहयोग गर्ने संघ, संस्था, क्लव तथा समिति, आमा समूह र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, २६ वडाका पूर्वअध्यक्षहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रमपछि वडाको भित्री संरचना र कार्य कक्षहरुको अवलोकन गरिएको थियो ।

IME Lifesidebar
kumari