यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान : चट्याङ्ग र हावाहुरीसहित वर्षा
काठमाडौँ । आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलोको सम्भावना पनि रहेको छ।
यसै गरी आज राति देशभर पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि शुक्रवार दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
शुक्रवार राति देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।























