stcnepal long ad
global ime bank long

फोर्ब्सको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई युवा परेका छन् ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला छन् ।

मंगलबार फोर्ब्सको सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् । फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् ।

त्यसैगरी सन् २०१६ मा आयोजित रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।

अर्का युवा प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् ।

कोइरालाले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

IME Lifesidebar
kumari