stcnepal long ad
global ime bank long

दर्जन देशमा राजदूत नियुक्तिको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र छिटै कार्यकाल सकिँदै गरेका छ वटा गरी ११ मुलुकमा राजदूत नियुक्तिको तयारी थालिएको हो ।

अष्ट्रिया, रुस, इजिप्ट, श्रीलङ्का र दक्षिण कोरियामा राजदूत पद रिक्त छ भने जापान, म्यानमार, बहराइन, ओमान, साउदी अरेबिया, डेनमार्कका राजदूतको कार्यकाल सकिँदै छ । यी मुलुकहरूमा क्रमशः प्रतिभा राणा, भीमकुमार उदास, पदम सुन्दास, शर्मिला पराजुली ढकाल, महेन्द्रसिंह राजपूत र युवनाथ लम्साल कार्यरत छन् ।

ब्राजिलका राजदूतलाई कार्यकाल सकिए पनि फिर्ता बोलाइएको छैन । राजदूत नियुक्तिमा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्ने गरिएको छ ।

IME Lifesidebar
kumari