stcnepal long ad
global ime bank long

“सफा हिमाल अभियान २०२१” को ब्यानर हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले २०७७ चैत ३१ गते जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच Campaign Leader हरुलाईMountain Cleaning Campaign-2021 कोBanner हस्तान्तरण गरी “सफा हिमाल अभियान २०२१” शुभारम्भ गर्नु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको प्रतिनिधिबाट स्वागत मन्तव्य तथा अभियान सम्बन्धी प्रस्तुतिकरण सहित शुरु भएको उक्त कार्यक्रम प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सगरमाथा सहित अन्य पाँच हिमालहरु (ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम) को सफाई गर्ने उद्देश्यका साथ “SAVE THE HIMALAYAS FOR THE FUTURE” भन्ने मुख्य भावका साथ संचालन गर्न लागिएको हो ।

सो समारोहमा शुभकामना मन्तव्य राख्नुर हुँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले राष्ट्र र नागरिकहरुप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्ने क्रममा विगत लामो समयदेखि उच्च हिमाली भेगहरुमा राष्ट्रिय हित र जनआकांक्षा अनुसार विभिन्न गतिविधिहरु सञ्चाणलन गर्दै आईरहेको साथै, नेपाली सेनाले हिमाली क्षेत्रको भौगोलिक विकटता, कठोर मौसमी अवस्था तथा जटिल परिस्थितिमा पनि विपद् व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार कार्य गर्ने आफ्नो क्षमताको सदुपयोग गर्दै हालसम्म सयौं व्यक्ति तथा शवहरुको कुशलतापूर्वक उद्धार र व्यवस्थापन गरिसकेको समेत बताउनु भएको थियो ।

वन तथा वातावरण मन्त्रालयका सचिवद्बारा अभियानको सफलताको शुभकामना सहित सम्बोधन भएको उक्त समारोहमा नेपाली सेनाको रथीवृन्द, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संचार तथा सूचना प्रबिधि मन्त्रालयका सहसचिवहरु, वन तथा वातावरण मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख, नेपाल पर्यटन विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी

अधिकृत, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, विभिन्न गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरु, सफा हिमाल अभियान २०२१ का साझेदार संघ संस्थाहरु, अभियानमा सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिहरु एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाल सरकारको कार्यक्रम तथा नेपाली सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा नेपाल सरकारका सम्बद्ध निकायहरु लगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, Expedition Operators Associations, Himalayan Climate Initiative, ICIMOD, WWF Nepal, ब्यापारिक संघसंस्थाहरु कोकाकोला कम्पनी, युनिलिभर नेपाल, Polymet, Plast Nepal, Yeti Airlines, Nepal Distilleries Pvt. Ltd, Avni Ventures हरुको आर्थिक एवं प्राविधिक सहयोग समेत रहेको छ भने उक्त अभियानको सेवा प्रदायकको रुपमा Peak Promotion Company रहेको छ ।
यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा Global Warming को असरलाई कम गर्न केही हदसम्म सहयोग पुर्याणउने तथा कोभिड–१९ को कारण शिथिल बनेको पर्यटन ब्यवसायमा सकारात्मक उर्जाको सञ्चार हुने नेपाली सेनाले विश्वा्स लिएको छ ।

 

 

IME Lifesidebar
kumari