stcnepal long ad
ime life insurance
national life
global ime bank long

बल प्रयोग गरेर काठमाडौं प्लाजा खाली गराईँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजा बलपूर्वक खाली गराउने भएको छ । भवन भाडामा लगाउने कन्सेप्ट डेभलप्र्सले सम्झौता समिएको दश महिना बित्दा पनि भवन खाली नगरेपछि ट्रष्टले बलपूर्वक खाली गराउन लागेको हो ।

ट्रष्टको कार्यालयले पटक पटक सूचना जारी गरेर भवन तथा सटरहरु खाली गर्न भन्दै आएकोमा मंगलबार साँझ ५ बजेभित्र खाली गर्न अन्तिम समय दिइएको छ । मंगलबार ५ बजेसम्म पनि ति कम्पनीले भवन खाली नगरे बैशाख २ गतेबाट बल प्रयोग गरेरै खाली गराईने कार्यालयका कार्यकारी सचिव सुरेश आचार्यले बताउनुभएको छ ।

नेपाल ट्रष्टको कार्यालयले २०५० सालमा कन्सेप्ट डेभलपर प्रालीसँग २७ वर्षका लागि भवन भाडा लगाउने सम्झौता गरेको थियो ।उक्त अवधि समाप्त भए पनि सो प्रालिले भवन खाली नगराएपछि बलपूर्वक खाली गराउन लागिएको नेपाल ट्रष्टले जनाएको छ

हाल सो भवनमा ४० वटा विभिन्न बैंक तथा कम्पनी रहेका छन् । उनीहरुले असार यताको भाडा भने तिरेका छैनन् । ट्रष्टलाई ति कम्पनीले १० महिनाको भाडा ६ करोड ५ लाख बढि बुझाउनु पर्ने छ ।

ट्रष्टको २७ वर्षको अवधी २०७७ साल असारमा सकिएपछि २०७७ असार २ गते मन्त्रीपरिषदले काठमाडौं महानगरपालिकालाई १० वर्षका लागि मासिक ६० लाख ५० हजार रुपैयाँमा दिने निर्णय गरेको थियो । महानगरलाई भाडामा दिने भएपछि कन्सेप्ट डेभलप्र्स प्रा। ली मुद्धामा गएको थियो । मुद्दाको फैसला भने भएको छैन ।

IME Lifesidebar
kumari