stcnepal long ad
global ime bank long

यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी समेत १९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतीजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिका विहीन बनाएको तथा परीक्षामा अनुत्तिर्ण भएकालाई नतीजा परिवर्तन गरेको पाइएको छ ।

सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ ।

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार रु १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ ।

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ । आयोगले उनीहरु विरुद्ध रु ६ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । अनियमितता गरेकोमध्ये रु ६ लाख १५ हजार बराबरको रकम समेत बैंकमा दाखिला भएको पाइएको छ ।

IME Lifesidebar
kumari