stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्जिनियर एशोसियनको चुनावका लागि एमाले–जसपा गठबन्धन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । एमाले र जसपा निकट इन्जिनियरहरू आगामी वैशाखमा हुने चुनावमा गठबन्धन बनाउन सहमत भएका छन् ।एमालेका जनसङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन र जसपा समर्थित राष्ट्रिय इन्जिनियर सङ्घ बिच इन्जियिनरर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति भएको हो ।

आइतबार एमाले समर्थित पिनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित सङ्घका अध्यक्ष भगवान् झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरूमा संयुक्त रूपमा चुनावी तयारी गर्ने जनाएका छन् ।

नेपाल इन्जिनियर एशोसियसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदै छ ।

IME Lifesidebar
kumari